२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने निहुरो बन्योे आम्दानीको स्रोत

Untitled
Untitled
Untitled

म्याग्दी, म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे ९निहुरो०ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ।

केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन्।

अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार पाएको बताए।

‘बर्खेबाली लगाएर फुर्सदीला बनेका गाउँलेहरु साउन र भदौ महिनामा दैनिकजसो जङ्गलबाट टिपेर ल्याएको निहुरो गाडीवालालाई बेच्छन्।

गाडीवालाले गाउँबाट यात्रुसँगै डौडे बोकेर बजार पु¥याउँछन्,’ उनले भने।

दोवामा निहुरोबाट वार्षिक २५ देखि ३० लाख नगद भित्रने गरेको वडाध्यक्ष गर्बुजाले बताए। दोवाकी निहुरो प्रतिकिलो ६५ देखि ७० मा गाउँबाटै निहुरो बिक्री हुने गरेको छ।

दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक ५०० किलोग्राम निहुरो बेनीमा ल्याउने गरेका व्यापारीले बताएका छन्।

बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने निहुरो बागलुङ, कुश्मा र काठमाडौँ पठाउने गरेको बताए।

‘बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य १०० देखि १२० सम्म पर्छ। गत वर्ष दैनिक एक हजार किलोग्राम निहुरो आउने गरेको थियो।

यसपालि गाउँबाट गत वर्षको तुलनामा आधा मात्रै निहुरोे आएको छ। माग धान्न सकिएको छैन,’ उनले भने।

समुद्री सतहदेखि एक हजार ५०० देखि दुई हजार ५०० मिटर उचाइको ओसेपिलो ठाउँमा बर्खा याम निहुरो प्राकृतिक रुपमा उम्रन्छ।

निहुरोको मुना छिप्पीएपछि सोत्तर हुन्छ। मुना अवस्थाको निहुरोलाई पकाएर तरकारी र अचारका रुपमा प्रयोग गर्न सकिन्छ। यो एक जैविक तरकारी समेत हो।

निहुरो टुसा पलाएको चाररपाँच दिनभित्र ठूलो झ्याङ भएको निउरो बन्छ। निहुरोमा एन्टीअक्सिडेन्ट पाइने भएकाले औषधीय र पोषणयुक्त तरकारीको रूपमा लिन थालिएको छ।

 

Untitled
Untitled
Untitled