२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बीपी राजमार्गको ३० किमि खण्डमा दुई लेन सडक निर्माण शुरु

Untitled
Untitled
Untitled

काभ्रे, २०८१ असोजको बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गको भकुण्डेबेंसीदेखि नेपालथोकसम्म ३०.५ किलोमिटर क्षेत्रमा दुई लेन सडक निर्माण कार्य शुरु गरिएको छ।

हालसम्म २५ किमि खण्डमा ठेक्का सम्झौता भइ काम अघि बढाइएको छ। पिप्लेदेखि डालाबेंसीसम्म २.३ किमि र बर्खेखोलादेखि नेपालथोकसम्म ५ किमिको खण्डमा ठेक्का सम्झौता सम्पन्न भइसकेको छ।

बर्खामा सडक अबरुद्ध हुन नदिन अस्थायी काम शुरु भइसकेको र निर्माण व्यवसायी, इन्जिनियरहरू फिल्डमै खटिइसकेको संघीय सडक सुपरिवेक्षण कार्यालयले जनाएको छ।

स्थायी निर्माण बर्खापछि भदौ अन्तिमतिर शुरु हुनेछ। बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

Untitled
Untitled
Untitled