ओहायो, विश्वशान्ति ज्ञानमहायज्ञ, ऐतिहासिक धार्मिक अनुष्ठानमा चर्चित भागवत कथा वाचिका राधिका दासीसमेतको प्रवचन भएको छ । महायज्ञको चौथोदिन उनको प्रवचन रहेको थियो । उनको प्रवचन श्रवण गर्न हजारौं हजार श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो ।

अमेरिकाको ओहायो राज्यमा विश्व भुटानी हिन्दू संगठन र वैदिक निर्णय समितिको मुल आयोजनामा वेदमय संस्कार, विश्वशान्तिको कामना र आध्यात्मिक पुनर्जागरणको महान उद्देश्यले “विश्वशान्ति ज्ञानमहायज्ञ-२०२५, ऐतिहासिक धार्मिक अनुष्ठान” जुलाई १६ बाट शुरु भएको हो ।
विभिन्न धार्मिक झाँकी विभिन्न देशबाट आएका गुरु महाराज सहितको सक्रियतामा हजारौं भक्तजनको उपस्थितमा कलशयात्रा सहित शुरु भएको थियो ।

विभिन्न एघार देशका झण्डा सहित गरिएको कलशयात्राले अनुष्ठान परिषर शु-शोभित तथा अत्यन्त रमणिय बनेको छ ।
यस अनुष्ठानमा विभिन्न एघार देशको प्रतिनिधित्व गर्दै आएका सन्त गुरुमहाराजको स्वस्तिवाचन सहित ४४८ केजीमा निर्मित विशाल कलश (घडा) को उद्घाटन गरिएको थियो ।
यस कार्यक्रमका संयोजक कमल धिमाल रहेका छन् । एघार देशका झण्डा कलशसंगै राखिएको छ । विभिन्न एघार देशका प्रमुख तथा धार्मिक (गंगा) नदिबाट ल्याइएको जलले घडा भरिएको छ उक्त जलबाट दिनानुदिन अभिषेक समेत भैरहेको छ ।

प्राप्त जानकारी अनुसार यसरी नै दैनिक विभिन्न देशवाट पाल्नु भएका गुरु महाराजका सुमधुर वाणी हुनका साथै १०८ श्रीमद्भागवत पाठ पारायण, चतुर्वेद पाठ-पारायण, पञ्च कुण्डीय हवन, कोटिवर्तिका प्रज्ज्वलन, स्तम्भ कलश, १०८ शंखनाद, १०८ विष्णुसहस्रनाम पाठ पारायण, विभिन्न विग्रहको स्थापना, रुद्राभिषेक, सप्तशती पाठ, मन्त्रजप, भजन-कीर्तन, योग-ध्यान एवं सङ्गीतमय कथा-प्रवचन हुने छ ।

सात दिनसम्ममा लाखौ भक्तजनको यस पवित्र धाममा उपस्थित भइ पुण्य लाभ लिने विश्वास लिइएको छ । यस अनुष्ठान अत्यान्तै ब्यवस्थित गरिएको छ अनुष्ठानमा आउनु पहिेले नै पार्किङको लागि स्केन गरि पार्किङ बुक गरेर आउन अनुरोध गरिएको छ ।
स्वयंसेवकहरुको वाक्लो उपस्थितीले धेरै सहज वनाएको छ । ओम सेन्टर दिब्यधाममा अनुष्ठान भै रहेको छ । अनुष्ठान सात दिनसम्म चल्ने संयोजक कमल धिमालले बताए ।




धनन्जय भट्टराई


































