२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

३० व्यावसायिक कम्पनी तथा संस्था महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानित, कृषिजन्य वस्तुमा झापाको एभरेष्ट कार्डमम प्रोडक्सन

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ ।

व्यवसायीका प्रतिनिधिमूलक संस्थाहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई मानार्थ सीआईपी सम्मान प्रदान गरिएको छ ।

यस्तै, व्यवसायीका प्रतिनिधिमूलक महासंघतर्फ नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघका अध्यक्षलाई मानार्थ सीआईपी प्रदान गरिएको छ ।

यस बाहेक व्यवसायीका प्रतिनिधिमुलक वस्तुगत संघतर्फ नेपाल छुर्पी व्यवसायी संघ झापा, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोसाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले मानार्थ सीआईपी सम्मान पाएका छन् ।

सायद १० जना मानिसहरू र मञ्च को फोटो हुनसक्छ

सीआईपी प्राप्त गर्नेहरूमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाािण्ज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो ।

सायद १३ जना मानिसहरू र मञ्च को फोटो हुनसक्छ

यी संस्थाहरूलाई निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

उनीहरूलाई तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल ५ अर्ब वा सोभन्दा बढी निर्यात गरेको आधारमा यो सम्मान प्रदान गरिएको हो ।

यसैगरी तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तुहरूमध्ये प्रत्येकबाट एक–एक जना व्यवसायीलाई सीआईपी सम्मान पदान गरिएको छ ।

सायद ११ जना मानिसहरू र मञ्च को फोटो हुनसक्छ

जसअन्तर्गत ऊनी गलैंचातर्फ थर्ड आई इन्टरनेसनल, तयारी पोसाकतर्फ नेपाल फेशन प्रालि, ऊनी फेल्टका सामानतर्फ नेसनल एक्सपोटर्स प्रालि, छुर्पीतर्फ मनराम हिमालयन हेण्डिक्राफ्ट प्रालि र पश्मिना वस्तुतर्फ ट्राइकोट इण्डष्ट्रिजले सीआईपी सम्मान प्राप्त गरेका छन् ।

यस्तै भारततर्फ निकासी रकमको आधारमा सम्मान पाउनेमा डाबर नेपाल प्रालि, आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई र चीनतर्फको निकासी रकमका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल काठमाडौंले सीआईपी सम्मान प्राप्त गरेका छन् ।

यसैगरी नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रालिले पनि सीआईपी सम्मान पाएको छ ।

यस्तै प्राथमकितामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्तामध्ये नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन झापा र जडिबुटी क्षेत्रबाट एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स दार्चुलाले यो सम्मान प्राप्त गरेका छन् ।

निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिज काठमाडौं र तेस्रो मुलुकतर्फ गत दुई आर्थिक वर्षमा एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरूमध्ये द सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट, एभरेष्ट फेसन र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड र स्टार्टअपतर्फ माइण्डफुल क्राफ्ट प्रालि काठमाडौंले सीआईपी सम्मान प्राप्त गरेका छन् ।

सायद १२ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

यसैगरी बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनीमा आईएमई लिमिटेड र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले सीआईपी सम्मान प्राप्त गरेका छन् ।

Untitled
Untitled
Untitled