२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु

Untitled
Untitled
Untitled

काठमाण्डू, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सकिएको छ। पतञ्जली जग्गा प्रकरणमा अख्तियारले हालेको मुद्दाको उनले बयान दिएका हुन्।

उनको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ । नेपालका पक्षबाट ५० जनाले वकालतनामा लेखाएको तर ८ जनाले मात्रै बहस गर्ने तय भएको छ।

नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी, ललित बस्नेत, चन्द्रकान्त ज्ञवालीलगायत छन्।

यस्तै अख्तियारको तर्फबाट कम्तीमा ४ जनाले बहस गर्नेछन्।

विशेष सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता मोहन सागर बस्याल नेतृत्वको टोलीका साथै अख्तियारमा रहेका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुषाल र पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले अख्तियारको तर्फबाट बहस गर्ने भएका छन्।

Untitled
Untitled
Untitled