२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मध्यपूर्वमा अमेरिकाको प्रवेश, इरानका प्रमुख तीन आणविक स्थलहरूमा हमला

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक स्थलहरू, फोर्डो, नतान्ज र इस्फाखानमा अमेरिकाले बमबारी गरेको दाबी गरेका छन्।

यो हमलासँगै मध्यपूर्वमा इजरायल र इरानबीचको जारी द्वन्द्वमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएको बीबीसीले जनाएको छ ।

ट्रम्पका अनुसार फोर्डो आणविक केन्द्रमा “पूर्ण पेलोडका साथ बम” खसालिएको छ।

फोर्डो एक उच्च सुरक्षासहितको भूमिगत आणविक सुविधा हो, जसलाई नष्ट गर्न बी-२ स्टेल्थ बमवर्षकहरूबाट खसाल्न सकिने विशेष ‘बंकर-बस्टर’ बमको आवश्यकता पर्छ।

यी बमहरू हाल अमेरिकासँग मात्र रहेको बताइएको छ। ट्रम्पले सबै विमानहरू सुरक्षित फर्किएको पनि जानकारी दिएका छन्।

यसअघि अमेरिकाले बी-२ स्टेल्थ बमवर्षकहरू प्रशान्त महासागरको गुआम टापुमा पठाएको रिपोर्ट आएको थियो, जुन फोर्डो जस्ता भूमिगत आणविक सुविधाहरू नष्ट गर्न आवश्यक बमहरू बोक्न सक्ने एकमात्र विमान हुन्।

इजरायली सेनाले तीन शीर्ष इरानी सैन्य अधिकारीहरूलाई मारेको दाबी गरेको छ, जसमा अक्टोबर ७ को हमलाका योजनाकार मानिने सइद इबादी (Saeed Izadi) पनि रहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक स्थलहरूलाई लक्षित गरी गरिएको “सफल सैन्य कारबाही” पछि शनिबार राति १० बजे (अमेरिकी समयअनुसार) राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन्। यो सम्बोधन व्हाइट हाउसबाट हुनेछ।

ट्रम्पले ट्रुथ सोसिलमा लेख्दै भनेका छन्, “म इरानमा हाम्रो सफल सैन्य कारबाहीबारे ह्वाइट हाउसमा राति १०:०० बजे राष्ट्रलाई सम्बोधन गर्नेछु।

यो संयुक्त राज्य अमेरिका, इजरायल र विश्वका लागि ऐतिहासिक क्षण हो। इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्छ। धन्यवाद१”

यसअघि इरानका विदेशमन्त्रीले इजरायल/इरान द्वन्द्वमा अमेरिकी संलग्नता “धेरै धेरै खतरनाक” हुने चेतावनी दिएका थिए।

‘हामीले इरानका तीन आणविक स्थलहरू (फोर्डो, नातान्ज र इस्फहान) मा सफल हमला गरेका छौं। सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन्।

सबै विमानहरू सुरक्षित घर फर्किंदै छन्। हाम्रा अमेरिकी सैनिकहरूलाई बधाई छ। विश्वमा अरू कुनै सेनाले यो गर्न सक्थेन।

अब शान्तिको समय हो! यो विषयमा तपाईंको ध्यानका लागि धन्यवाद’ उनले एक्समा लेखेका छन् ।

Untitled
Untitled
Untitled