२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आज जानकी नवमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

Untitled
Untitled
Untitled

जनकपुर, प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज देशभर श्रद्धाभावपूर्वक मनाइँदैछ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ गरी हलो जोत्दाको क्रममा पृथ्वीबाट सीताको उत्पत्ति भएको रामायणलगायत धर्मग्रन्थहरूमा उल्लेख छ ।

भगवान् विष्णुको छैटौँ अवतार श्रीराम जन्मिनु अघि लक्ष्मी सीताको रूपमा अवतरित भएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

सीतालाई सत्यवती, पतिव्रता र आदर्श नारीको रूपमा स्मरण गरिन्छ । रामसँग विवाह गरेकी सीता वनवासमा साथ गइन् ।

रावणले हरण गरे पनि उनले पतिव्रता धर्म नत्यागेको उल्लेख ग्रन्थहरूमा पाइन्छ ।

राजा रामलाई लोकनिन्दाबाट जोगाउन गर्भवती अवस्थामा वन गएकी सीता वाल्मीकि आश्रममा बसिन् ।

त्यहीँ उनले लव(कुशलाई शिक्षित बनाइन् । पछि अयोध्या फर्केकी सीताले पवित्रताको प्रश्न उठेपछि यदि म पवित्र छु भने धर्तीमाता मलाई लिनुस् भन्दै पृथ्वीमा विलीन भएकी थिइन् ।

आजको दिन रामजानकी मन्दिरहरूमा विशेष पूजा, आराधना र मेलाको आयोजना हुँदैछ ।

जनकपुरसहित काठमाडौँको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर र गोकर्णेश्वरको रामजानकी मन्दिरमा विशेष कार्यक्रम राखिएको छ ।

सरकारले सीताको योगदानलाई स्मरण गर्दै उनलाई राष्ट्रिय विभूतिको सम्मान दिएको छ ।

जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Untitled
Untitled
Untitled