२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

क्यानडा ‘ए’ सँगको सिरिज नेपालको पक्षमा, अन्तिम खेलमा २ विकेटको जीत

Untitled
Untitled
Untitled

काठमाण्डू, क्यानडाको ‘ए’ टिमसँगको चार एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ ।

मंगलबार राति सम्पन्न अन्तिम खेलमा २ विकेटको जीत निकालेसँगै नेपालले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो । क्यानडा ‘ए’ विरुद्ध नेपालको यो लगातार तेस्रो जीत हो ।

पहिलो खेलमा ५ विकेटको हार बेहोरे पनि त्यसपछिको तीन म्याचमा भने नेपालले लगातार जीत निकाल्यो ।

ह्याट्रिक जीत निकाल्नेक्रममा अन्तिम खेलमा क्यानडा ‘ए’ ले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जीतमा अनिलकुमार साहले ७३ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५९ रन बनाए ।

यस्तै, अविजित रहेका आरिफ शेखले ४९ बलमा पाँच चौकासहित ३४ रन बनाए ।

त्यस्तै, कुशल मल्लले ३६ बलमा २ चौका र एक छक्काको सहयोगमा नटआउट ३० रनको योगदान दिए ।

अर्जुन साउँदले ६८ बलमा एक चौकासहित २३ रन जोडे । यस्तै, देव खनाल ११, दीपेन्द्र सिंह ऐरी आठ, कप्तान आसिफ शेख सात, कुशल भुर्तेल पाँच तथा करण केसी र रिजन ढकाल शून्यमै आउट भए ।

क्यानडा ‘ए’ का लागि सुखजिन्दर सिंह र शाहिद अहमदजाईले तीनरतीन विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली क्यानडा ‘ए’ ४७.४ ओभरमा १९४ रनमा अलआउट भयो ।

उसका लागि मिहिर पटेलले १०८ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ७२ रन बनाए यस्तै, खैबर खान मोहम्मदले २८, अजयवीर सिंहले २६ र परवेश आहुजाले १७ रन जोडे ।

Untitled
Untitled
Untitled