एजेन्सी, बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ ।
बिहीबार राति सम्पन्न खेलमा ऊ फ्रेन्च क्लब मोनाकोसँग २–१ ले पराजित भएको हो । बार्सिलोना पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । र, त्यसको फाइदा मोनाकोले उठायो ।
खेलको दसौँ मिनेटमा एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना दबाबमा परेको थियो । उनले मोनाकोका ताकुमी मिनामिनोलाई खराब फउल गरेका थिए ।
खेलको १६औँ मिनेटमा माघ्नेस अक्लिउचेले गोल गर्दै मोनाकोलाई अग्रता बनाए । तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन् ।
२८औँ मिनेटमा लामिन यमल बराबरी गोल गरे । योसँगै उनी च्याम्पियन्स लिगमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बने ।
यसअघि बार्सिलोनाकै अन्सु फातीले सन् २०१९ मा गोल गरेका थिए । फाती त्यो समय १७ वर्ष ४० दिनका थिए ।
यमलले १७ वर्ष ६८ दिनको उमेरमा च्याम्पियन्स लिगमा गोल गरे । तर, ७१औँ मिनेटमा जर्ज लेनिखेनाले गोल गर्दै मोनाकोलाई २–१ को जीत दिलाए ।
बार्सिलोनाले अब आइतबार ला लिगमा भिल्लारियालको सामना गर्नेछ । ला लिगामा अहिलेसम्म ऊ अपराजित छ ।