काठमाण्डू, एएफसी वुमन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको एपीएफ क्लबले मलेसियन क्लब सबाहसँग बराबरी खेलेको छ ।
कोताकिनाबालुस्थित लिसाका स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । बराबरीपछि एपिएफ समूह प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
बराबरीपछि एपिएफले समूह सीमा दुई खेलबाट १ अंक मात्र जोड्यो । यसअघि एपीएफ पहिलो खेलमा उज्वेकिस्तानी टोली नासाफसँग १-० ले पराजित भएको थियो ।
समूह विजेता मात्र अन्तिम चरणमा पुग्ने भएकोले एपीएफका लागि सबाहविरुद्धको खेल जित्नैपर्ने आवश्यकता थियो । तर, एपीएफएले गोल गर्ने धेरै अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन् ।
अब नासाफ र सबाहबीच हुने लिग चरणको अन्तिम खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।
एपीएफ नेपालबाट एएफसी च्याम्पियन्स लिग खेल्ने पहिलो नेपाली टिम हो ।