२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

साफ यू–२० च्याम्पियनसीपको समूह ‘ए’ को अन्तिम खेल आज, नेपाल र बंगलादेश भिड्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज (बिहीबार) घरेलु टोली नेपाल बंगलादेशसँगै भिड्दैछ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यो खेलको विजेता टोली समू विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन्।

समूह ए मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन्।

समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ। समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ।

समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली युवा टोली बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ।

उता श्रीलंकामाथि २–० को जीत निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ।

समूह बी बाट भने भारत, भुटान र मालदिभ्स तिनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ।

भारतले पहिलो खेलमा भुटानमाथि १–० को कठिन जीत निकालेको थियो। भुटानले भने आफ्नो दोस्रो खेलमा बुधबार मालदिभ्सलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुग्ने सम्भावना जीवित राखेको छ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार भारत र मालदिभ्स खेल्न बाँकी छ। यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ।

Untitled
Untitled
Untitled