२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

पेरिस ओलम्पिकमा अमेरिका र चीनको समान ३३ स्वर्ण, अमेरिका शीर्ष स्थानमै

Untitled
Untitled
Untitled

एजेन्सी, पेरिस ओलम्पिकको पदक तालिकामा अहिलेसम्म अमेरिका र चीनले समान ३३ वटा स्वर्ण पदक जितेका छन्।

तालिकामा अमेरिका ३३ स्वर्ण, ३९ रजत र ३९ कास्य गरी कुल १११ पदकसहित शीर्ष स्थानमा यथावत् छ।

त्यस्तै दोस्रो स्थानमा रहेको चीनले ३३ स्वर्ण, २७ रजत र २३ कास्य गरी कुल ८३ वटा पदक जितेको छ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाको १८ स्वर्ण, १६ रजत र १४ कास्य गरी कुल ४८ पदक छ।

पदक तालिकामा जापान १६ स्वर्ण, ८ रजत र १३ कास्य गरी कुल ३७ पदकका साथ चौथो र बेलायत १४ स्वर्ण, २० रजत र २३ कास्यका साथ कुल ५७ पदकसहित पाँचौँ स्थानमा छ।

Untitled
Untitled
Untitled