२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

सातौं खेलमा भ्यानकुभरको पहिलो जीत, सन्दीपको उत्कृष्ट बलिङ

Untitled
Untitled
Untitled

काठमाण्डू, क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टी–२० लिगमा नेपाली क्रिकेटरद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भ्यानकुभर नाइट्सले सातौं खेलमा जीतको खाता खोलेको छ ।

उसले आज बिहान सम्पन्न खेलमा तालिकाको शीर्ष स्थानमा रहेको मोन्ट्रियल टाइगर्सलाई ५ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

मोन्ट्रियलले दिएको १ सय १० रनको लक्ष्य भ्यानकुभरले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि रीजा हेन्ड्रिक्सले ३९, कप्तान उस्मान ख्वाजाले ३१ र रिची बेरिङ्टनले १७ रन जोडे ।

यस्तै, दीपेन्द्रले दुई बलमा अविजित पाँच रनको योगदान दिए । बलिङमा अजमातुल्लाह उमरजाई र गेहार्ड इरास्मसले सर्वाधिक दुई/दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रियल १९.२ ओभरमा १ सय ९ रनमा अलआउट भयो ।

उसका लागि अजमातुल्लाह उमरजाईले ३०, शेर्फेन रदरफोर्डले २२, कलीम सानाले ११ र टिम साइफर्टले १० रन बनाए ।

भ्यानकुभरका लागि बलिङमा मोहम्मद आमिरले तीन, सन्दीप लामिछाने, हर्ष ठाकर र ड्वेन प्रिटोरियसले दुईरदुई तथा ऋषभ जोशीले एक विकेट लिए ।

यस खेलमा सन्दीपले ३.२ ओभर बलिङ गर्दै १४ रन दिएर दुई विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रले एक ओभरमा बिनाविकेट ११ रन दिए ।

यो जीतपछि भ्यानकुभरले शीर्ष चारमा स्थान बनाउन नसके पनि सुखद अन्त्य भने गर्‍यो ।

उसले यसपटक सात खेलमा पाँचमा हार, एकमा जीत र एक खेलमा अंक बाँड्यो । भ्यानकुभर क्वालिफायर दौडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

मोन्ट्रियल यो हारपछि दोस्रो स्थानमा झरेको छ । उसले पाँच म्याच खेल्दा तीनमा जीत र दुई खेलमा पराजय बेहोरेको छ ।

Untitled
Untitled
Untitled