२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

टोरन्टोको लगातार दोस्रो जीतमा रोहितको उत्कृष्ट फिल्डिङ

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरन्टो नेसनल्सले क्यानडामा जारी ग्लोबल टी–२० मा लगातार दोस्रो जीत निकालेको छ ।

टोरन्टोले दोस्रो जित दर्ता गर्नेक्रममा आइतबार बिहान सम्पन्न खेलमा ब्राम्टन वोल्भ्सलाई ८ विकेटले हरायो ।

उसले पहिलो खेलमा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भ्यानभुकर नाइट्सलाई पनि ८ विकेटले नै हराएको थियो ।

दोस्रो खेलमा ब्राम्टनले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १३.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि उन्मुक्त चन्दले ४० बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ५३ रन बनाए । शीर्षक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरेपछि रोहितले भने ब्याटिङमा मौका पाएनन् ।

यद्यपि उनले सानदार फिल्डिङ गरे । रोहितले १५औँ ओभरको अन्तिम बलमा बाउन्ड्री लाइनमा सानदार क्याच प्रक्रिए ।

यदि आफूलाई नियन्त्रणमा राख्न नसकेको भए उक्त बल छक्कामा परिणत हुने सम्भावना प्रवल थियो ।

तर, रोहितले सुझबुझ तरिकाले लिएको क्याच भित्र फाल्दै आफू बाउन्ड्री बाहिर गए । र, तत्काल नै बाउन्ड्रीभित्र फर्किँदै उनले उत्कृष्ट क्याच पक्रिए ।

रोहितले अखिलकुमारको क्याच लिएका हुन् । यस्तै, रोहितले दोस्रो ओभरको चौथो बलमा आक्रामक ब्याटर आरोन जोनसनलाई शून्यमै रनआउट गर्दै पवेलियन फर्काए ।

कुनै पनि विदेशी लिगमा रोहितको यो डेब्यू खेल हो । उनले ढिला भिषा पाएका कारण पहिलो खेल गुमाएका थिए ।

रोहितआबद्ध टोरन्टो लगातार दुई जीतका साथ अहिले तालिकाको शीर्ष स्थानमा छ ।

सन्दीप र दीपेन्द्रआबद्ध भ्यानकुभरले भने लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो हार बेहोर्नेक्रममा ऊ शनिबार रातिको खेलमा बंग्ला टाइगर्स मिसिसौगासँग २२ रनले पराजित भयो ।

Untitled
Untitled
Untitled