एजेन्सी, उपाधि दाबेदार स्पेन यूरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
गएराति जर्मनीको म्युनिखमा सम्पन्न पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराउँदै स्पेन १२ वर्षपछि यूरो कपको फाइनलमा प्रवेश गरेको हो ।
स्पेनको जीतमा लामिन यमाल र ड्यानी ओल्मोले एक–एक गोल गरे । फ्रान्सका लागि रान्डाल कपको मुआनीको नाममा एक गोल रह्यो ।
खेलको नवौँ मिनेटमा केलियन एमबाप्पेको पासमा मुआनीले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
उनले हेडरमार्फत गोल गरे । यद्यपि फ्रान्सको उक्त अग्रता लामो समयसम्म टिक्न सकेन् ।
२१औं मिनेटमा १६ वर्षीय लामिन यमालले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । २५औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि गोल हुन नसकेपछि स्पेनले खेल जित्दै फाइनलमा स्थान बनायो । उसले अब उपाधिका लागि इङ्ग्ल्यान्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्नेछ ।
इङ्ल्याण्ड र नेदरल्याण्ड्सबीचको सेमिफाइनल खेल बुधबार राति हुनेछ ।