२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

नेपाल एक खेल अगावै फ्रेण्डसीप कप टी–२० क्रिकेटको फाइनलमा, गुजरात ८ रनले पराजित

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाल लगातार तेस्रो जीत निकाल्दै भारतमा जारी एसएमएस फ्रेण्डसीप कप टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो । बरोडासमेत सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछ ।

नेपाल ६ अंकमा शीर्ष स्थानमा छ । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बरोडासँग खेल्नेछ ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७३ रनमात्र बनाउन सक्यो ।

उसका लागि उमंग टन्डेलले ४७ र हेरिस देशाईंले नटआउट २९ रन बनाए ।

मात्र एक ओभर बलिङ गरेका कुशल मल्लले ३ रन दिएर २ विकेट लिए । सोमपाल कामीले २ विकेट झार्दा विवेक यादवको नाममा एक विकेट रह्यो ।

यसअघि नेपालले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। नेपालका लागि आसिफ शेख र कुशल भूर्तेलले उल्लेख्य पारी खेले।

आसिफले ५१ बलमा ८५ र कुशलले ४४ बलमा ६७ रन बनाए।

अन्य खेलाडीको प्रदर्शन उल्लेख्य हुन सकेन। गुजरातका लागि जेमित पटेलले ३ तथा आर्या देशाईं र ध्रुशान्त सोनीले २–२ विकेट लिए।

Untitled
Untitled
Untitled