२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

स्कटल्यान्डले नामिबियालाई दियो २२२ रनको लक्ष्य, ट्रम्पलम्यानको पाँच विकेट

Untitled
Untitled
Untitled

काठमाडौं, ट्रम्पलम्यानको पाँच विकेट प्रेरित स्कटल्यान्डलाई २२१ रनमा अलआउट गर्दै नामिबियाले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा मध्यम लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले ४८।४ ओभरमा अलआउट हुँदै २२१ रनको योगफल तयार पारेको छ ।

स्कटलयन्डका लागि ओपनर केयल कोइटजेर डकआउट हुँदा, लियम नेयलरले २० रन जोडे । क्रिस्टोफर म्याकब्रिज ७५ बल खेल्दै ७ चौका प्रहार गर्दै सर्वाधिक ४७ रन बनाएर पभेलियन फर्किएका थिए ।

कप्तान रिची बेरिङटन ३२ रनमा आउट हुँदा म्याथ्यू क्रसले १६ रन जोडे । थोमस म्याकिन्टोस ३४ रन, मिचेल लिस्क २९ रन, क्रिस ग्रेभिस १४ र मार्क वाटले १० रन जोडे ।

नामिबियाको बलिङमा ट्रम्पलम्यानले ९।४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । ताङगेनी लुङगामेनीले २ विकेट लिँदा बर्नाद स्कोस्ज, बेन शिकोङ्गो र पिकी या फ्रान्सले एकरएक विकेट लिए ।

चार खेलको शृंखलामा पहिलो खेलमा नेपाल, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नेपालसँग पराजित भएको नामिबिया आज पनि पराजित भए जितविहीन रहँदै घर फर्किनेछ ।

 

Untitled
Untitled
Untitled