२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

रियाल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा

Untitled
Untitled
Untitled

एजेन्सी, मड्रिड डर्वीमा एथलेटिकोलाई ३-१ गोलको नतिजामा पराजित गर्दै रियल स्पेनिस कोपा डेल रेको सेमिफाइनल प्रवेश गरेको छ ।

बिहीबार राति सम्पन्न क्वाटरफाइनलमा रियाललाई जीत दिलाउन रोड्रिगो, भिनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरे ।

खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

रोड्रिगोले ७९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समयसम्म१-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको ९९ औं मिनेटमा स्टेफन साभिचले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

बेन्जिमाले १०४ औं मिनेटमा गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । खेलको अतिरिक्त समयको इन्जुरी समयमा जुनियरले गोल गर्दै रियालको जित ३-१ ले शुनिश्चित गरे।

कोपाडेल रेकै अर्को खेलमा एट्लेटिक बिल्बाओले भ्यालेन्सियालाई ३-१ गोलको नतिजामा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

Untitled
Untitled
Untitled