२०८१ जेठ ६ आइतवार | Sunday, May 19 2024

आसिफलाई ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिष्ठित ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) जितेका छन् ।

नेपाली क्रिकेट खेलाडी आसिफलाई यस अवार्ड प्रदान गरिएको आईसीसीले जनाएको छ ।

आईसीसीका अनुसार गतवर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–२० सिरिजमा आयरल्यान्डविरुद्ध आसिफले देखाएको खेल भावनाको कदर गदैै उनलाई यस अवार्ड प्रदान गरिएको हो ।

आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा लड्न पुगेपछि रन आउट गरेका थिएन ।

आसिफको उक्त निर्णयलाई त्यतिवेलै सन्सारभरका क्रिकेट प्रेमीले प्रशंसा गरेका थिए । सोही आधारमा उहाँले ‘आईसीसीस्पिरिट अफ क्रिकेट अवार्ड’ पाएका हुन् ।