२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

एनपीएलः आजको दाेस्राे खेलमा कर्णाली र विराटनगर भिड्दै

Untitled
Untitled
Untitled

काठमाडाैं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को बारहाैं र तेर्हाै खेल हुदैँछ । आजको दाेस्राे खेलमा कर्णाली याक्स भर्सेस विराटनगर किंग्सका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः १५ बजेवाट सुरू हुनेछ ।

कर्णालीले हिजाे चितवन राइनाेजलाइ हराएकाे थियाे भने बिराटनगरले पनि उसैलाइ हराएर प्रतिस्पर्धामा उत्रन लागेकाे हाे ।

आज हुने दाेस्राे खेलमा बिराटनगरवाट सन्दीप लामिछानेकाे नेतृत्व रहनेछ भने कर्णाली याक्सवाट साेमपाल कामीले नेतृत्व गर्नेछन्  ।

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

विराटनगर किंग्स

सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।

कर्णाली याक्स 

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)।

Untitled
Untitled
Untitled