२०८२ साउन ३ शनिवार | Saturday, Jul 19 2025

नेपालले भारतमा जित्यो उपाधि, फाइनलमा गुजरात १८ रनले पराजित

Untitled
Untitled
Untitled

काठमाडौं, नेपालले भारतमा फ्रेण्डसीप कप टी–२० क्रिकेटको उपाधि जितेको छ।

आइतबार भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले पराजित गरेको हो। १७७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको गुजरात निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि अभिनाष बोहराले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १७६ रन बनायो।

नेपालका लागि रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले । कप्तान पौडेलले ७४ रन बनाए। उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

आसिफ शेखले ३४, कुशल भूर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए। कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा अविजित रहे। गुजरातका लागि शेन पटेल र तेजस पटेलले १–१ विकेट लिए।

भारतमा नेपालले कुल ५ खेल खेलेकोमा बरोडासँग एक खेलमा पराजित भएको थियो । नेपाल टि(२० विश्वकपको तयारीका लागि गुजरात गएको हो ।

 

Untitled
Untitled
Untitled