काठमाडौं, नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ ।
खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।
सिरिज गुमाइसकेको हुँदा नेपाल क्लिनस्वीपबाट जोगिने लक्ष्यसहित मैदान उत्रने छ ।
उता, आयरल्यान्ड ए ले भने मौका नपाएका आफ्ना खेलाडीलाई आज मौका दिने सोच बनाएको छ ।
आयरल्यान्ड नेपालको सिनियर टोलीसँग भने आयरल्याण्ड दुई वटा टी–२० खेलमा पराजित भएको थियो ।