एजेन्सी, इन्डियन प्रिमियर लिग ( आईपीएल )मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ६ विकेटले पराजित गरेको छ ।
ओपनर जस बटलरको शतकमा राजस्थानले बैङ्लोरमाथि सानदार जीत हात पारेको हो ।
१८४ रनको लक्ष्य पाएको राजस्थानले १९ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरयो ।
राजस्थानको जीतमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सतक पुरा गरे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैङ्लोरले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।
जितसँगै राजस्थान ४ खेलबाट अपराजित रहदै शीर्ष स्थानमा छ । कोलकाता ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।
बैङ्लोर ५ खेलमा ४ मा हार र १ मा जितसहित आठौं स्थानमा छ । मुम्बइ ३ खेलमा जीतविहीन हुँदै पुछारमा छ ।