काठमाडौं, नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्ससँग आज दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ ।
पहिलो खेलमा पराजय बेहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।
खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि खेल सुरू हुनेछ।
पहिलो एकदिवसीय खेलमा नेपाललाई आयरल्यान्डले २१ रनले पराजित भएको थियो ।
बुधबार खराब प्रदर्शन गरेको नेपाल एलाई आजको खेल जितेर शृंखला बराबरी गर्नुपर्ने दबाब छ । शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ ।
नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो ।
दुवै खेलमा उल्भ्सल पराजित भएको थियो । तर, नेपाल ‘ए’सँग तीन टी–२० सिरिज हुँदा आयरल्यान्डले २–१ ले जितेको थियो ।