२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

क्यानडाविरुद्ध नेपाल फिल्डिङमा, प्लेइङ–११ मा चार खेलाडी परिवर्तन

Untitled
Untitled
Untitled

काठमाडौं, क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

यी दुई टोलीबीचको तेस्रो खेल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । नेपालले प्लेइङ–११ मा आज चार खेलाडी परिवर्तन गरेको छ ।

नेपालले आज सोमपाल कामी, आसिफ शेख, रिजन ढकाल, भीम सार्कीलाई विश्राम दिएर कुशल भुर्तेल, आरिफ शेख, ललितनारायण राजवंशी र हेमन्त धामीलाई मौका दिएको हो ।

जसमध्ये हेमन्तको यो डेब्यू खेल हो। सिरिज नेपालले एक खेल अगावै जितिसकेको छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः ७ रन तथा ४ विकेटले जितेको थियो ।

नेपाल आज तेस्रो खेलमा पनि जीत हात पार्दै सिरिज ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ । यता पाहुना टोली क्यानडा भने अन्तिम खेलमा जीत निकालेर नेपाल भ्रमणको सुखद अन्त्य गर्ने सोचमा छ ।

तेस्रो खेलमा नेपालको प्लेइङ–११ : अनिल शाह ( विकेटकिपर ), कुशल भुर्तेल, रोहितकुमार पौडेल ( कप्तान ), देव खनाल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी र ललितनारायण राजवंशी ।

 

Untitled
Untitled
Untitled