२०८० फागुन ११ शुक्रवार | Friday, Feb 23 2024

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौ, नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो ।

नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौं स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २०औँ स्थानमा छ ।

आज सार्वजनिक गरिएको वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ ।

इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छन् । नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन् ।