२०८१ जेठ ६ आइतवार | Sunday, May 19 2024

थ्री नेसन्स कप फुटबलमा नेपालको विजयी सुरुवात, लाओस २- ० ले पराजित

काठमाडौं, प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको हो। नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । नेपालका लागि खेलको ३० औँ मिनेटमा तामाङले गोल गर्नुभएको हो। नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गरेका हुन् । नेपालका लागि दोस्रो गोल खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । कप्तान किरण चेम्जोङको लामो पासमा नवयुगले करिब ३० यार्डबाट उत्कृष्ट गोल गरे । खेलमा नेपालका अनन्त तामाङ म्यान अफ दि म्याच बने । नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो। दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ।