२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

साफ यू–१७ महिला च्याम्पियनसीपमा नेपालले भुटानलाई ५–०ले हरायो

Untitled
Untitled
Untitled

काठमाडौ, बंगलादेशमा भइरहेको साफ यू–१७ वमेन्स च्याम्पियनसिपमा नेपालले बुधबार भुटानलाई सजिलै ५–० ले हराएको छ ।

बंगलादेशमा भइरहेको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो जीत निकालेको हो ।

खेलको १६ औं मिनेटमा वर्षा ओलीले गोलको खाता खोलिन् । त्यसपछि ३० औं मिनेटमा दीपा रोकाया र ३४ औं मिनेटमा सेनु परियारले गोल गरिन् ।

पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो हाफमा २ थपेको हो । दोस्रो हाफको ५० औं मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।

सेनुले ५८ औं मिनेटमा पाँचौं गोल गरिन् । यो उनको दोस्रो व्यक्तिगत गोल पनि रह्यो ।

 

Untitled
Untitled
Untitled