२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

नेपालले पीएनजीलाई दियो २९८ रनको लक्ष्य

Untitled
Untitled
Untitled

काठमाडौं, ओपनर आसिफ शेखको शतक प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी ९पीएनजी० लाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ बल बाँकी रहँदा अलआउट हुँदै २ सय ९७ रनको योगफल तयार पार्‍यो ।

जुन नेपालले एक दिवसीय क्रिकेटमा हालसम्म बनाएको सबैभन्दा ठूलो योगफल हो ।

यसअघि, अघिल्लो महिना त्रिवि मैदानमै नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य चेज गर्ने क्रममा नेपालले २ सय ८७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले ।

उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग १ सय १० रनको साझेदारी गर्दै १ सय १० बलमा १२ चौका र २ छक्का प्रहार गरे ।

आसिफले पाँचौं विकेटका लागि कप्तान रोहित पौडेलसँग शतकीय साझेदारी गरेका थिए ।

जारी खेलमा शतक बनाएसँगै आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने र हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने ।

Untitled
Untitled
Untitled