२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

पीएनजीविरुद्धको खेलका लागि रोहित पौडेलको कप्तानीमा क्रिकेट टिमको घोषणा

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाल क्रिकेट संघ क्यानले नेपालमा हुने आइसिसी लिग टु अन्तर्गत हुने यूएई र पपुवान्युगिनी (पिएनजी) विरुद्धको खेलका लागि रोहित पौडेलको कप्तानीमा क्रिकेट टिमको घोषणा गरेको छ ।

मंगलबार क्यानले पौडेलको कप्तानीमा टिम घोषणा गरेको हो । टोलीमा कुशल भुर्तेल, आशिप शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिस जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, भीम सार्की र ललित राजवंशी छन् ।

नेपालले पपुवान्युगिनी र यूएईसँग घरेलु मैदानमा आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५)मा पपुवान्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ ।

मार्च १३ (फागुन २९) मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेलमा मार्च १६ (चैत २)मा यूएईसँग खेल्नेछ ।

Untitled
Untitled
Untitled