२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

प्रिमियर लिगमा आर्सनलको पुनरागमन जीत

एजेन्सी, इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले पुनरागमन जित हाँसिल गरेको छ। गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले हराउँदै जीत फर्काएको हो।

घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले जितेको हो। जीतसँगै आर्सनलको २६ खेलमा ६३ अङ्क भएको छ। आर्सनल शीर्ष स्थानमा कायमै छ।

खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नमाउथलाई अग्रता लिए। खेलको ५७औँ मिनेटमा मार्कोस सेनिसीले गोल गरी २–० को अग्रता बनाए।

तर खेलको ६२औँ मिनेटमा आर्सनलका थोमस पार्टी, ७०औँ मिनेटमा बेन ह्वाइट र खेलको इन्जुरी समयमा रेइस नेल्सनले गोल गरेपछि आर्सनलले नतिजा उल्टाएको हो।