२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा यूएईसामु १ सय ९२ रनको सामान्य लक्ष्य प्रस्तुत

Untitled
Untitled
Untitled

काठमाडौ, आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले यूएईसामु १ सय ९२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

यूएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाउँदा अल आउट भयो।

चौथो विकेटका लागि कप्तान देव खनाल र उत्तम रञ्जु थापा मगरले ८४ रनको साझेदार गर्दै नेपालको इनिङ्स उकासेका थिए।

देव ५१ रन बनाउँदा क्याच आउट भए। ८४ बलको सामना गरेका देवले ३ चौका र १ छक्का हाने।

उत्तमले ४८ बलमा ४ चौका र १ छक्का हान्दै ३६ रनमा पवेलियन फर्के। विशाल विक्रम केसीले ३८ रन थपे। विशालले ५० बलमा ५ चौका हाने।

मिलन बोहोरा १० रनमा रन आउट भए। हेमन्त धामी १३ रनमा क्याच आउट भए। दुवै ओपनरलाई सुरुवातमै गुमाएको नेपाली टोली दबाबमा आएको थियो।

नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको छ। दीपक बोहोरा शून्य र अर्जुन कुमाल ३ रनमा आउट भए। आकाश त्रिपाठी ९ रनमा बोल्ड आउट भए।

यूएईका धुव परासरले ३ विकेट लिए। आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान २ विकेट लिए। अर्सित सेट र अम्मर बदामीले एक एक विकेट आफ्नो नाममा गरे।

नेपालले आजको खेलमा यूएईलाई हराए आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेल्नेछ।

Untitled
Untitled
Untitled