काठमाडौं, नेपालले आईसीसी यु-१९ विश्वकप एसियाली क्षेत्रको छनोटमा आज मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
यूएईस्थित मलेक क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।
उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जीत हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।
नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जीत निकालेको थियो ।
मलेसिया आफ्ना तीन खेलमा एकमा मात्र विजयी भएको थियो । नेपाल तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।
समान खेलबाट ६ अंक बटुलेको यूएई शीर्ष स्थानमा छ । यूएईले नेपाललाई रन रेटमा पछि पारेको हो ।
६ राष्ट्र सम्मिलत छनोट खेलको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने अवसर पाउनेछ।
यूएईले आज कुवेतसँग खेल्दैछ ।