२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

छैटौँपटक जित्यो अस्ट्रेलियाले टी–२० विश्वकप उपाधि

Untitled
Untitled
Untitled
एजेन्सी, आठौँ संस्करणको आइसिसी महिला टी–२० विश्वकपको उपाधि पनि अस्ट्रेलियाले जितेको छ । गएराति सम्पन्न फाइनलमा आयोजक दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौँपटक विश्वकप उपाधि जितेको हो । यसअघि अस्ट्रेलियाले २०१०, २०१२, २०१४, २०१८ र २०२० को विश्वकप पनि जितेको थियो । पहिलोपटक विश्वकप फाइनल पुगेको दक्षिण अफ्रिका भने उपाधि जित्न चुक्यो । अस्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । उसका लागि लौरा वोल्भार्डले अर्धशतकीय पारी खेले पनि टोलीलाई उपाधि दिलाउन भने सकिनन् । ४८ बलको सामना गरेकी उनले ५ चौका र ३ छक्कासहित ६१ रन बनाइन् । त्यस्तै, क्लो ट्रियोनले २५, मारिजेन क्यापले ११ र ताज्मिन ब्रिट्सले १० रन जोडे । अस्ट्रेलियाका लागि मेगन शुट, एश्ले गार्डनर, डार्सी ब्राउन र जेस जोनासनले एकरएक विकेट लिए । त्यसअघि केप टाउनस्थित न्यूल्याण्ड्स मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि मेथ मूनीले अर्धशतकीय पारी खेलिन् । ५३ बलको सामना गरेकी उनले एक छक्का र ९ चौकाको सहयोगमा अविजित ७४ रन बनाइन् । त्यस्तै, एश्ले गार्डनरले २९, एलिसा हेलीले १८, ग्रेस ह्यारिस र कप्तान मेग ल्यानिङले १०/१० रन बनाए । दक्षिण अफ्रिकाका लागि शबनिम इस्माइल र मारिजेन क्यापले सर्वाधिक दुई/दुई विकेट लिए ।
Untitled
Untitled
Untitled