२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

नेपालले कुवेतलाई दियो ३४४ रनको विशाल लक्ष्य

Untitled
Untitled
Untitled

काठमाडौं, आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा अर्जुन कुमाल र देव खनालको शतक मद्दतमा नेपालले कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ ।

युएईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो ।

नेपालका लागि विस्फोटक ब्याटिङ गरेका देव खनाल १२५ रनमा आउट भए । ११७ बलको सामना गरेका उनले ९ चौका र ३ छक्का हानेका थिए ।

यस्तै कुमाल १०८ रनमा आउट भए । ११२ बल खेलेका उनले १२ चौका हानेका थिए । विशाल विक्रम केसी २३ तथा दीपक बोहरा १९ रनमा आउट भए ।

ओपनर दीपक बोहोराले १३ रन बनाए । आकाश त्रिपाठी र सुवास भण्डारी २ रन बनाउँदै आउट भएका थिए ।

दीपकप्रसाद डुम्रे २० र दिपेश कँडेल २ रनमा नटआउट रहे । पहिलो खेलमा नेपालले हिजो शुक्रबार सिंगापुरलाई हराएको थियो ।

Untitled
Untitled
Untitled