२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

यूएई र पिएनजीविरुद्धको एक दिवसीय सिरिज खेल्न नेपाली टिम यूएई जाँदै

Untitled
Untitled
Untitled

काठमाडौ, आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएई र पिएनजीविरुद्धको एक दिवसीय सिरिजका लागि नेपालको राष्ट्रिय टोली आज युएई जाँदैछ ।

यूएईसँगै पपुवा न्युगिनीसँग नेपालले दुई/दुई खेल खेल्नेछ । त्यो सिरिज सकिएपछि नेपालले अन्तिम सिरिज नेपालमै यूएई र पपुवा न्युगिनीसँग खेल्नेछ ।

नेपाल लिगको अंक तालिकामा २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौँ स्थानमा छ ।

नेपालले शीर्ष पाँचमा रहन सके अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता कायम राख्नेछ । नेपाल खेल्न बाँकी आठै खेल जीते टप थ्रीमा रहँदै विश्वकपका छनोटका लागि सिधै छनोट हुनेछ ।

नेपालले २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा यूएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा यूएईसँग खेल्नेछ ।

त्यसपछि नेपालले मार्च ९ मा त्रिवि मैदान कीर्तिपुरमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा यूएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा यूएईसँग खेल्नेछ ।

सन्दीपलाई रोक

नाबालिका बलात्कारको आरोपमा अदालतमा मुद्दा चलिरहेका कारण क्रिकेटर सन्दीप लामिछाने यूएई जन नपाउने भएका छन् ।

उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्दा विदेश भ्रमणमा रोक लगाएको थियो ।

सो बन्देजविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सो निवेदनमाथि सुनुवाई गर्दै शुक्रबार सर्वोच्चले विदेश भ्रमणको अनुमति नदिएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधिवक्ता कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेसी तोक्न सर्वोच्च आदेश दिएको छ ।

क्रिकेटर लामिछानेलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

त्यसविरुद्ध लामिछानेको पुनरावेदनमा उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्दै उपत्यका छाड्न नपाइने, विदेश जान नपाइनेजस्ता सर्तहरू राखेको छ ।

Untitled
Untitled
Untitled