एजेन्सी, आईसीसी महिला टी–२० महिला विश्व कप क्रिकेटमा भारतलाई ५ रनले हराउँदै साबिक विजेता अस्ट्रेलिया फाइनलमा पुगेको छ।
दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला विश्व कपमा अस्ट्रेलियाले उपाधिका लागि आइतबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
दोस्रो सेमिफाइनलमा आज आयोजक दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड खेल्दैछन्।
भारतसँगको खेलमा केपटाउनमा अस्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो।
भारतका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक ५२ रन बनाइन्। यस्तै जेमिमा रोड्रिग्सले ४३ रन बनाइन्। अस्ट्रेलियाकी ड्रासिक ब्राउन र अश्लिग ग्राडनिरले २/२ विकेट लिइन्।
त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि बेथ मुन्नीले ५४ रन बनाइन् ।
यस्तै कप्तान मीन ल्यान्डिङ ४९ रनमा नटआउट रहिन् । भारतकी शिखा पाण्डेले २ तथा राधा यादव र दिप्ती शर्माले १/१ विकेट लिइन् ।