२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

आइसीसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार

काठमाडौ, आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीले प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार पाउने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले खेलाडीहरुलाई सो पुरस्कार दिने घोषणा गरेका हन् ।

विजेता खेलाडीहरूलाई बिहीबार बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले बधाई दिएका थिए । सो क्रममा उनले पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।

यसअघि क्रिकेट प्रतियोगिता जितेकै दिन उनले उचित पुरस्कार दिने बताएक थिए । बिहीबार पुरस्कारको रकम नै घोषणा गरेका हुन् ।

चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्विप गर्नु देशकै गौरव भएको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ ।’

क्रिकेटको कारण देशकै गौरव र प्रतिष्ठा बढेको भन्दै उनले खोलाडीहरूलाई प्रेरणास्वरुप सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गरिएको हो ।