काठमाडौं, विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा नेपालले जीतको लागि २१३ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा स्कटल्यान्ड ४६।१ ओभरमा २१२ रनमा अलआउट भएको हो।
स्कटल्यान्डको लागि जर्ज मुन्सले ६० र म्याथ्यू क्रसले ४२ रन बनाए। मुन्सेले ४६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
नेपालको लागि सन्दीप लामिछानेले ४, करन केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए।
नेपाल घरेलु मैदानमा लगातार चौथो जीत निकाल्ने योजनामा रहेको छ।