२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

विश्वकप लिग–२ सिरिजमा नामिबिया र स्कटल्याण्ड खेल्दै

Nabil Bank

काठमाडौ, आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा आज स्कटल्याण्ड र नामिबिया खेल्दै छन् ।

यी दुई टोलीबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुुरु हुनेछ ।

नामिबिया जारी सिरिजमा पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा नेपालसँग २ विकेट, दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध १० विकेट तथा तेस्रो म्याचमा नेपालसँग ३ विकेटको हार बेहोर्‍यो ।

ऊ आज स्कटल्याण्डलाई हराउँदै नेपाल भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ । स्कटल्याण्ड दोस्रो जितको खोजीमा छ । उसले दोस्रो खेलमा नेपालसँग ३ विकेटको हार बेहोरेको थियो ।

स्कटल्याण्डले श्रृंखलाको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने तालिका छ । विश्वकप लिग–२ मा स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

नामिबिया ३३ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ । नेपाल २७ खेलबाट २४ अंकका साथ छैटौँ स्थानमा छ ।