२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

नामिबियाले दियो नेपाललाई जीतका लागि २ सय ७५ रनको लक्ष्य

Untitled
Untitled
Untitled

काठमाडौँ, कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाले नेपालसामु जीतका लागि २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो ।

नामिबियाका लागि जेन ग्रिनले नटआउट रहँदै सर्वाधिक ७५ रनको योगदान दिए भने पिक्की या फ्रान्सले रन आउट हुनअघि ४९ रन बनाए ।

ओपनर लो हान्द्रे लरेन्सले ४१ रन बनाउँद रुबेन ट्रम्पलम्यानले नटआउट रहेर २४ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट लिए । नेपालले यसअघि प्रतियोगितामा खेलेका दुवै खेल जितेको थियो ।

Untitled
Untitled
Untitled