काठमाडौं, विश्वकप क्रिकेट लिग डिभिजन टू अन्तर्गतको एकदिवसीय शृङ्खला अन्तर्गत नामिबियासँगको खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ङिङ रोजेका हुन् ।
यस्तै नेपालले दोस्रो खेलमा स्कटल्यान्डसँग शुक्रवार खेल्नेछ । नेपालले शनिवार नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्यान्डसँग फागुन ९ गते पुनः खेल्नेछ ।
शृङ्खलाअन्तर्गत स्कटल्यान्डले विश्व कप लिग–२ मा अन्तिम चार खेल नेपालमा खेल्दैछ ।
स्कटल्यान्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्व कप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने नामिबिया दोस्रो स्थानमा अटाउने योजनाका साथ खेल्नेछ ।
शृङ्खलामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ ।