२०८१ साउन ४ शुक्रवार | Friday, Jul 19 2024

रियल मड्रिडले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

Nabil Bank

एजेन्सी, फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । रियलले कीर्तिमानी पाँचौं पटक क्लब विश्वकपको उपाधि जितेको हो ।

प्रिन्स अब्देल्लाह स्टेडियममा शनिबार राति भएको फाइनलमा साउदीको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

रियललाई जित दिलाउन भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले दुई दुई गोल गरे । करिम बेन्जिमाले एक गोल गरे ।

अल हिलालका लुसियानो भिट्टोले दुई गोल र मोउसा मरेगाले एक गोल गरे ।