२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा सहुलियत मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा किन्नेको भीड

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौँमा सहुलियत मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा धमाधम विक्री भइरहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौँमा दसैँलक्षित सहुलियत मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा असोज २० गते आइतबार देखि विक्री सुरु गरेको हो।

कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी–बोका तथा च्याङ्ग्रा किन्न पाइने छ।

खसी–बोकाको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२३० निर्धारण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

त्यसमा प्रतिकिलो १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । जस अनुसार खरिदकर्तालाई प्रतिकिलो खसी–बोकाको ६६० र च्याङ्ग्राको १२२० पर्ने छ।

गत वर्ष कम्पनीले प्रतिकिलो ६४० सहुलियत मूल्यमा खसी–बोका विक्री गरेको थियो ।

Untitled
Untitled
Untitled