काठमाण्डू, टानले राष्ट्रिय पदयात्रा पर्यटन रणनीति निर्माण (अनुभव)आदानप्रदान तथा परामर्शमूलक कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।
सोमवार काठमाण्डूको सुबिधासम्पन्न होटलमा भएको कार्यक्रममा चेतनाथ कणेल, रवीजगं पाण्डे, बच्चुनारायण श्रेष्ठ, सौरभ श्रेष्ठ र ठाकुर देवकोटाले नेपालको पर्यटन प्रर्वधनका लागि दश बर्षे रणनीति सम्बन्धी कार्यपत्र तयार पारेका थिए ।
टानको सम्पूर्ण कार्यसमिति, बिज्ञ र टानका कर्मचारी बाहेक दुइ/तीन जना मात्र सहभागी कार्यक्रम सरकारले बजेट सक्न असारमा खर्च गरे जसरी हतार हतारमा आयोजना गरिएको थियो ।
पर्वतीय पर्यटनका लागि दश बर्षे रणनीति बनाउन भनेर आयोजना गरिएको कार्यक्रमको कार्यपत्रमा छलफलपछि कार्यपत्र तयार पार्ने बिज्ञले उठेका प्रश्नको जवाफ दिएका थिए ।
कार्यक्रमको समापन गर्दै टानका अध्यक्ष सागर पाण्डेले तथ्यमा जानु पर्ने बताए । उनले तथ्यांक र समयको ब्यावस्थापन गर्न नसके कुनै पनि सस्था राम्रोसित चल्न नसक्ने स्पष्ट पारे ।
पर्यटन क्षेत्रमा काम गर्ने कामदार पलायन हुनुको कारण र कति हराए भन्ने खोज्नु पर्ने बेला आएको भन्दै अध्यक्ष पाण्डेले नेपालको पर्वतीय पर्यटनमा नेपाल अतुलनीय भएकोले प्रचारमा जोड दिन आग्रह गरे ।
संस्कृति र सम्पदा संरक्षण गर्न जोड दिंदै अध्यक्ष पाण्डेले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने पर्यटन क्षेत्रलाई राज्यले पनि सहयोगी ब्यावहार गनु पर्ने बताए ।
यूएनडीपीको आर्थिक सहयोगमा भएको कार्यक्रममा नेपाल सरकार र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको कार्यक्रममा टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईले सीमित समय राखेर पर्यटन बोर्ड, नाथमका प्रतिनिधिलाई बोलाइए पनि पर्यटन क्षेत्रसित सरोकार राख्ने टुरिष्ट गाइड, भरिया, पर्यटक बोक्ने सवारी साधनसँग सरेकार राख्ने प्रतिनिधि कसैलाई खबर गरेनन् ।
सञ्चार जगतको महत्व बुझ्न नसकेका सीइओ सेढाईले दाताले दिएको रकम सक्न हतारो गरेका छन् ।
हुन त टानका अध्यक्ष पाण्डेले पनि सीइओले यत्रो बिपत्तिका समयमा टानको सिंगो कार्यसमितिलाई अलमल्याएको बताएका थिए ।
अध्यक्ष पाण्डेले यहि कार्यक्रमलाई अन्य सरोकारवालासित छलफल गरेर कार्यसमितिको बैठकमा ब्रिफिङ गरेको भए हुने भनेर असन्तष्टि जाहेर गरे ।
उनले आगामी दिनमा औपचारिक कार्यक्रमलाई प्राथमिकतामा राखेर अनौपचारिक कार्यक्रममा समय खर्च नगर्न सीइओ सेढाईलाई निर्देश पनि गरे ।
यो बिपत्तीको समयमा कति पर्यटक मृत्यु भयो बाढीपहिरोको चपेटामा परेका छन भन्ने डाटा टान सित छैन् ।
यति मात्र होइन बाढी पहिरोबाट पर्यटन क्षेत्रका कति जना समस्यामा परेर वा मृत्यु भयो भन्ने खोजी गर्ने सम्मको फुर्सद टान समितिले पाएको छैन् ।
पर्यटकीय क्षेत्रमा भएको धन जनको क्षति बारेमा चासो लिने फुर्सद कसैलाई छैन् । सबै स्टारवाला होटलमा हुने यस्तै गोष्ठी र सम्मान कार्यक्रममा रमाउन ब्यस्त छन् ।
टानको स्थापना भएको ३९ बर्षे अवधि भएपनि टानले पर्यटकीय गन्तब्यलाई देशब्यापी बनाउन सकेको छैन् ।
टानले यति लामो समयमा पनि पोखरा, नगरकोट, अन्नपूर्ण बेस क्याम्प लगायत राजधानी आसपासका केही क्षेत्र बाहेक समेटन सकमेको छैन् ।
हुन त टानको कार्यसमिति नै संकुचित छ । भर्खरै निर्वातिच कार्यसमितिमा पनि गोरखा, सोलुखुम्बू, काभ्रे, धादिङ, रसुवा र नुवाकोट लगायतका क्षेत्र बाहेकका क्षेत्र समेटन सकेको छैन् ।
निबर्तमान अध्यक्ष सहित २४ जनाको कार्यसमितिमा कम्तीमा पनि एउटा प्रदेशको एकजना कार्यसमिति सदस्य राखेको भएपनि टानको दायरा फराकिलो हुने थियो ।
पर्यटनका क्षेत्रका काम गर्ने ठेकदार नै संकुचित भएपछि सीमित क्षेत्रबाहेकका पर्यटकीय गन्तब्य नदेख्नु खासै ठूलो कुरा त नबन्ला ।
टानको नेतृत्व देश ब्यापी नभएपनि कम्तीमा दश बर्षे रणानीति बनाउँदा देशभरका पर्यटकीय गतिबिधिका लागि सम्भावना भएका क्षेत्रलाई समेटेको भएपनि हुने तर, समेटन सकेको छैन् ।
टानको यति लामो इतिहास छ । यसै क्षेत्रमा काम गरेर आधा जीवन बिताएमा ब्यावसायी छन् ।
जो यस क्षेत्रका लागि आफैं बिज्ञ हुन् । सम्बन्धित क्षेत्रमा काम गरिरहेमा भन्दा बाहेक अरु बिज्ञ हुुँदैनन् ।
कुन क्षेत्रमा के समस्या छ त्यो कुरा फिल्डमा गएर काम गरेका जति अरुले थाहा पाउन सक्दैनन् ।
बिज्ञको काम भनेको रेडियो, टेलिभिजनमा अन्र्तवार्ता दिने अनलाइन र पत्रपत्रिकामाम लेख लेख्ने हो ।
बर्तमान कार्यसमितिमा भएका पदाधिकारीदेखि कार्यसमिति सदस्यसम्म यो क्षेत्रका बिज्ञको जमात निर्वाचित भएर आएको छ ।
कुन गन्तब्य कस्तो छ भन्ने कुरा आफैं जान्नु पर्ने हो । प्रमुख पर्यटकीय गन्तब्य आफैं पहिचान गर्नु पर्ने हो ।
एउटा नेपालीमा उखान छ नि काम करो एकातिर कुम्लो बोकी ठीमी तिर भन्ने बाटोमा टान गएको छ ।
बिज्ञ समूहले तयार पारेको कायपत्रमा नेपालका पूर्वका र मध्य तथा सुदूर र कर्णालीका गन्तब्य देख्न सकेको छैन् ।
नेपालमा आउने पर्यतीय र धार्मिक दुबै किसिमका पर्यटकले आफूले रोजेको भन्दा ब्यावसायीले रोजेको गन्तब्यमा जानु परेको छ ।
शिकारका लागि प्रसिद्दी कमाएको ढोरपाटन, लालीगुराँसको राजधानी भनेर घोषित तीनजुरे मिल्के जलजले, ओलाङचुङगोला, रामारोसन, बुलबुले ताल, चियाको राजधानी कन्याम, माइपोखरी, सूर्योदयको दृश्यावलोकनका लागि श्रीअन्तु, लेप्ता संग्रालय, जानकी मन्दिर, बीर गोर्खालीले अंग्रेजलाई युद्दमा हराएका एतिहासिक स्थलहरु सिन्धुलीगढी, मकवानपुरगढी, जीतपुरगढी र देशकै सबै भन्दा होचो स्थान कचनकवल, किच्चकबध, अर्जुनधारा, पाथीभरा लगायतका क्षेत्र कार्यपत्रमा समेटन सकिएका छैनन् भने बिज्ञ र टानको नजरमा कहिल्यै परेनन् ।
पर्वतीय पदयात्राका लागि टानले अन्नपूर्ण बेस क्याम्प भन्दा अरु नदेखेको भान हुुन्छ । तेह्थुमको बसन्तपुर हुुँदै गुफापोखरी भएर कञ्चनजंघा आधार शिविर पनि पर्यटकका लागि आकैषणको केन्द्र बन्न सक्छन् ।
यसका अलावा नेपाल जस्तो विविधताले भरिएको देशमा मनाइने जात्रा र पर्वलाई पनि प्राथमिकतामा राखेर प्रचार गर्न सकेमा थप पर्यटक ल्याउन सकिने थियो ।
इलामको चिया र सूूयोदयको दृश्य हेर्ने श्री अन्तु बेचेर सिक्कीम दाजेलिङका पर्यटन ब्यावायीले राम्रो आम्दानी गरिरहेका बेला पर्यटनको ठेकेदार टानले भने ती स्थन देख्न सकेको छैन् ।
हाल टानमा एक हजार सात सय उननतीस सदस्य रहेका छन भने प्रादेशिक रुपमा गण्डकी प्रदेश समिति रहेको छ ।