२०८१ असोज २२ मंगलवार | Tuesday, Oct 08 2024

झ्याप्लेखोला पहिरोभित्र ३ ठूला बसपछि भेटियो माइक्रोबस, १५ वटा शव निकालियो

Untitled
Untitled
Untitled

काठमाण्डू, धादिङको धुनिबेसी नगरपालिका-९, झयाप्लेखोलामा गएको पहिरोमा तीनवटा ठूला बस निकाल्ने क्रममा अर्को एउटा माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ।

त्यही पहिरोमा पुरिएका तीनवटा बस निकाल्ने क्रममा माइक्रोबस पनि फेला परेको धुनिबेँसी नगरपालिका ९ नम्बर वडाका वडासदस्य विक्रम रानाले जानकारी दिए।

झ्याप्ले खोलामा पुरिएका १५ जनाको शव निकालिएको छ ।भेटिएका शवमध्ये ११ पुरुष र ४ जना महिलाको छ ।

फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो

घटनास्थलमा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मीलगायतको टोलीले शव निकालिरहेको वडासदस्य रानाले बताए।

ती शव गोरखाबाट काठमाडौँतर्फ गइरहेको बस र चितवनबाट काठमाडौँका लागि छुटेको माइक्रोमा सबार यात्रुको हुनसक्ने आशंका गरिएको छ।

तर हालसम्म दुवै सवारीसाधनको नम्बर भने पत्ता लागिसकेको छैन। बस र माइक्रोका थोरै भाग मात्र देखिएको प्रहरीले जानकारी दिएको छ।

Untitled
Untitled
Untitled