काठमाण्डू, अविरल वर्षाका कारण बागमती र विष्णुमती नदीले सतर्कता तह पार गरेको छ ।
गोङ्गबु बसपार्क जलमापन केन्द्रका अनुसार खोकना, गौरीघाट, बल्खुलगायत क्षेत्रमा नदीले सतर्कता तह पार गरेको हो ।
शुक्रबार दिउँसो साढे २ बजेदेखि जलसतह उच्च रहेको बताउँदै विभागले नदी आसपासमा डुबानको खतरा देखिएको जानकारी गराएको छ।
जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोेध गरेको छ।
‘काठमाडौँ उपत्यकास्थित बागमती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको र बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरूले राती सम्मै उच्च सतर्कता अपनाऔँ,’ विभागको सूचनामा भनिएको छ।
बिहीबार रातिदेखि नै परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ।