काठमाण्डू, बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले नगर क्षेत्रका पदमार्गमा सूचना पाटी, बिश्राम चौतारी, शौचालय र बाटो निर्माणका लागि बजेट बिनियोजन गरिएको बताएकी छन् ।
विश्व पर्यटन दिवसको अवसर पारेर बुढानिलकण्ठ नगरपालिका र सोट्टो नेपालले शविार आयोजना गरेको एकदिवसीय पदयात्रा कार्यक्रमको समापन गर्दै उपप्रमुख लामाले सो कुरा बताएकी हुन् ।
उनले निकुञ्ज क्षेत्रमा ब्यावसायिक मोडालिटीमा जाने बारेमा पनि छलफल भइरहेको जानकारी दिंदै डाडागाउँलाई कल्चरल उद्योगका रुपमा बिस्तार गर्न लागिएको बताइन् ।
तामाङ बस्ति भएकोले उक्त क्षेत्रमा तामाङ साँस्कृतिक पार्क बनाउने योजना रहेको उपप्रमुख लामाले जानकारी दिइन् ।
डाडागाउँमा रहेको पेन्देन आमा समूहले सञ्चालन गरेको होम स्टेलाई सोचे अनुरुप बनाउन नसकिए पनि क्रमश सुधार गर्दै लगिएको बताइन् ।
उनले निकुञ्ज क्षेत्र र डाडागाउँमा कसरी विदेशी पर्यटन आकर्षित गर्न सकिन्छ भनेर नगर अन्तरगतको पर्यटन बोर्डले खाका तयार पारिरहेकोले पर्यटन क्षेत्रमा काम गर्ने सबैलाई हातेमालो गर्न आग्रह गरिन् ।
नेपाल उद्योग बाणिज्य महासंघकाक पूर्वअध्यक्ष चण्डिराज ढकालले यस्ता पदमार्ग कार्यक्रमले पदमार्ग क्षेत्र र अन्य क्षेत्रका लागि पनि प्रेरणदायी बन्ने बताए ।
उनले नेपालमा पर्यटन प्रर्वधन गर्न होम स्टेको ठूलो योगदान रहेको भन्दै पर्यटन सित सरोकार राख्ने सबैले होम स्टे प्रर्वधनमा ध्यान दिन सुझाए ।
स्थानीय स्तरमा सञ्चालनमा रहेका होम स्टेले स्थानीय रैथाने खाना र साँस्कृतिक रितिरिवाजलाई पनि संरक्षण गर्न सहयोग पुगेको जिकिर गरे ।
नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष चन्द्र रिजालले पदमार्गका लागि नेपाल जस्तो रमणीय गन्तब्य अन्त कतै नभएको बताए ।
उनले काठमाण्डू क्षेत्र आसपास मात्र नभएर देशका अन्य भागमा पनि पदमार्गका लागि उत्कृष्ट गन्तब्य रहेकोले केन्द्रीकृत भन्दा पनि बिकेन्द्रीत हुन पर्नेमा जोड दिए ।
साट्टोले मात्र होइन अन्ग नगर र पर्यटन क्षेत्रमा काम गर्ने सबैले हातेमालो गरेर काम गरेमा सरकारले राखेको लक्ष्य भन्दा बढी बिदेशी पर्यटक नेपाल ल्याउन सकिने उनको भनाइ थियो ।
कार्यक्रममा पर्यटन बोर्डमा निर्देशक मणी लामिछानेले देशमा पर्यटक बढाउन शान्ति कायम हुन आवश्यक रहेको भन्दै पर्यटन क्षेत्रलाई पर्यटक मैत्री बनाउनु पर्ने बताए ।
उनले बोर्डले मात्र नभएर बुढानिलकण्ठ नगरले जस्तै अन्य स्थानीय तहले पनि पर्यटन प्रर्वधन हुने किसिमका गतिविधि बढाउनु पर्नेमा जोड दिए ।
राजधानीको सबै भन्दा नजिक रहेको नेशनल पार्क रहेको दोस्रो मुलुक पनि भएकोले आन्तरिक र बाह् पर्यटक ल्याउन सरोकारवाला निकाय सबैले आ आफनो क्षेत्रबाट काम गर्नु पर्ने भन्दै निर्देशक लामिछानेले नेपालको पर्यटकीय स्थललाई कसरी बढी भन्दा बढी प्रचार गर्न सकिन्छ भनेर बोर्ड र स्थानीय सरकारकाबीच आगामी दिनमा कार्यक्रम नै तयार पारिने बताए ।
सोट्टोका अध्यक्ष भुवनबहादुर पाण्डेले सोट्टोले स्थापनाकालदेखि नै पर्यटन प्रर्वधनका काम गर्दै आएको बताए ।
उनले बुढालिकण्ठ क्षेत्रको आसपासका पर्यटकीय स्थलको प्रचार प्रसार गर्न सकेमा स्थानीयबासीन्दाको आर्यआर्जनमा सहयोग पुगोस भनेर पदयात्रा आयोजना गरिएको बताए ।
बुढानिलकण्ठ क्षेत्रका लागि अब ब्यावसायीले आन्तरिक र बाह् पर्यटकका लागि छुट्टै प्याकेज बनाउने घोषण गरे ।
विगत बर्षमा पनि सोट्टोले उपत्यका आसपासका पर्यटकीय सम्भावना भएका गन्तब्यको पर्यटन प्रर्वधन गर्न संस्थाले पदयात्राको आयोजना गर्ने गरेको सोट्टो नेपालका महासचिव दिनेश बस्नेतले बताए ।
यस्ता पदयात्राले उपत्यका आसपासका पर्यटकीय क्षेत्रको प्रर्वधन गर्न र आन्तरिक पर्यटकलाई बढावा दिन सहयोगी बन्ने विश्सास लिए ।
महासचिव बस्नेतले धार्मिक पर्यटकीय स्थल रहोम स्टेलाई प्रोमोशन गर्न सोट्टोले जस्तै अन्य पर्यठन क्षेत्रसित काम गर्ने संघसंस्थाले पनि सहकार्य गर्नु पर्ने भन्दै आगामी दिनमा विदेशी पर्यटकलाई आर्कषित गर्न टुरिजम ब्यावसायीले प्याकेज बनाउने जानकारी दिए ।
प्रकृतिसित जोडिएका सम्पदालाई परिचित गराउन पनि यस्ता पदयात्रा फलदायी बन्ने महासचिव बस्नेतले विश्वास लिएका छन् ।
सोट्टोका संस्थापक महासचिव बोधरा भण्डारीले नेपालको पर्यटन प्रर्वधनमा निजी क्षेत्रको मात्र लगानी भएकोले सरकाले पनि सहयोग गर्नु पर्ने बताए ।
उनले सरकारले कर मात्र कसरी आउँछ भन्ने पाटोबाट नहेरी भोतिक पूर्वाधारलाई पर्यटक मैत्री बनाउन आग्रह गरे ।
हवाइ र स्थल यातायातको मात्र राम्रो प्रवन्ध मिलाउन सके सरकारले गरेको काम देखिने भन्दै भण्डारीले पर्यटन क्षेत्रबाट उठेको केही रकम भएपनि यसै क्षेत्रमा लगाउन माग गरे ।
बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डका संयोजक अर्जुनबहादुर पाण्डेले स्वच्छ, शान्त र समृद्द पर्यटकीय नगर बुढानिलकण्ठ भन्ने नारा तय गरेर पर्यटन प्रर्वधनमा लागेको बताए ।
पर्यटन प्रर्वधन गर्न गठित बोडले काम थालिसकेको भन्दै संयोजक पाण्डेले ककनीदेखि सुन्दरीजल क्षेत्रलाई कसरी पर्यटकीय गन्तब्य बनाउन सकिन्छ भनेर योजना बनाउने काम भइ रहेको जानकारी दिए ।
उनले छिमेकी स्थानीय सरकारसित पनि समन्वय गरेर नगष्रभित्रका पौराणिक, एैतिहासिक सम्पदालाई उजागर गर्न पर्यटन क्षेत्रसित काम गर्ने सबैसित सहकार्य गरिने बताए ।
नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले नयाँ गठन भएका नगरपालिका मध्ये बुढानिलकण्ठले पहिले पटक आफनै पर्यटन बोर्ड गठन गरेकोले यस क्षेत्रको बृहत्तर विकासका लागि बोर्डले बनाएको नीति अनुसार डीपीआर तयार पारेको बताए ।
उनले पर्यटनको दीगो विकासका लागि डीपीआर अनुसार बर्षै भरि पर्यटक आउने वातावरण बनाइने जानकारी दिए ।
नगर पर्यटन बोर्ड सदस्य जया बरालले पदयात्रा पर्यटन प्रर्वधनको सबै भन्दा बढी संभावना भएको क्षेत्र हो ।
पर्यटन क्षेत्रमा महिलाको सहभागिता कम भएकोले नगरले गठन गरेको पर्यटन बोर्डले महिलालाई पर्यटन क्षेत्रमा आर्कषित गर्न बिभिन्न किसिमका लालिम दिने योजना रहेको बरालले बताइन् ।
बुढानिलकण्ठ मन्दिर परिसरबाट शुरु भएको पदयात्रा मुहानपोखरी, विस्णुद्दवार हुँदै डाडागाउँ होम स्टे पुगेर समापन भएको थियो ।
पदयात्रामा पर्यटन ब्यावसायीसहित बिभिन्न पेशा ब्यावसायमा लागेका दुइ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
समापन समारोहमा पर्यटन क्षेत्रका बिभिन्न ब्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।