२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

संविधानको अधिकार उपभोग गर्नु पर्छ : प्रधानमन्त्री ओली

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपालको संविधान २०७२ ले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्ने प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।

आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिंदै उनले यस्तो बताएका हुन् ।

दशकौँ लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधानले जनताको अधिकारलाई रक्षा गरेको उनले सामाजिक सञ्जाल मार्फत दिनुभएको शुभकामनामा उल्लेख गरेका छन् ।

संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको र सबै खाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूलाई यसले संरक्षण गरेको उनले उल्लेख गरेका छन् ।

उनले सन्देशमा संविधानको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ। जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु नहुने उल्लेख गरेका छन् ।

यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा राम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ।

यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ भन्ने शुभकामना सन्देश दिनुभएको छ ।

Untitled
Untitled
Untitled