काठमाण्डू, निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी कार्यतालिका सार्वजनिक गरेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
कार्यतालिकाअनुसार असोज ९ गते दल दर्ताको सूचना जारी गरिनेछ । असोज १० देखि १६ गतेसम्म दल दर्ता हुनेछ ।
कार्तिक २७ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । कार्तिक ३० गते निर्वाचन कार्यालय स्थापना हुनेछ । मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।